सकिव २ बर्षपछि बंगलादेशकाे टी-२० टिममा

बंगलादेशका अलराउण्डर सकिव अल हसन राष्ट्रिय टिममा फर्किएका छन । जिम्बावेविरुद्ध यो महिनाको अन्तिममा हुने टेष्ट र टी २० सिरिजका लागि बंगलादेशको टिममा सकिबले कमब्याक गरेका हुन ।

टी २० टिममा समिम होसेन परेका छन । यस्तै नुरुल हसनले पनि टिममा स्थान बनाएका छन । बंगलादेशले टेष्ट सिरिजका लागि सार्वजनिक गरेको १७ खेलाडीको सूचीमा सकिब र नुरुलले स्थान बनाएका छन ।

सकिवले टेष्ट क्रिकेट गत फेब्रेवरीमा खेलेका थिए । त्यसपछि उनले श्रीलंकाविरुद्धको टेष्ट खेलेका थिएनन् । यस्तै टी २० मा उनी सन् २०१९ का सेप्टेम्बरपछि टिममा परेका हुन । न्यूजिल्याण्डविरुद्धको सिरिजका बेला उनको मांशपेसीमा चोट लागेको थियो ।

बंगलादेशका लागि यू १९ विश्वकप खेलेका समिमले घरेलु प्रतियोगितामा देखाएको प्रदर्शनका आधारमा उनलाई टिममा बोलाइएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest