न्यूजिल्याण्ड सामु एक सय ३९ रनको लक्ष्य

विश्व टेष्ट च्याम्पियनसिपको फाइनल जित्नका लागि न्यूजिल्याण्डले एक सय ३९ रनको लक्ष्य पाएको छ । बर्षाले दुई खेल हुन नसकेको फाइनलमा भारतले दोस्रो पारीमा निरिह ब्याटिङ गर्यो ।

साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो पारीमा दुई सय १७ रन बनायो । जवाफमा न्यूजिल्याण्डले पहिलो पारीमा दुई सय ४९ रन बनाउँदा ३२ रनको अग्रता लिएको थियो ।

त्यसपछि दोस्रो पारी सुरु गरेको भारत मात्र एक सय ७० रनमा समेटियो । भारतका लागि रिसब पन्तले ४१ रन बनाउँदा चेतेश्वर पुजारा र अजिन्क्या राहानेले समान १५–१५ रन बनाए ।

यस्तै कप्तान विराट कोहलीले १३ रन बनाउँदा रविन्द्र जडेजाले १६ रन थपे । भारतलाई दोस्रो पारीमा सस्तैमा समेट्नका लागि टीम साउथीले चरा तथा ट्रेन्ट बोल्टले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest