नेपालमा सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेट टोलीलाई सम्मान

गत वैशाखमा नेपालमा सम्पन्न भएको त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई आज एक समारोह बिच सम्मान गरिएको छ ।

नेपाल क्रिकेट संघ र नेपाली क्रिकेट टोलीको मुख्य प्रायोजक माइ सेकेन्ड टिचरको सहकार्यमा आज सम्पन्न एक समारोहबिच माई सेकेन्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई नगद रु. ५ लाख प्रदान गरेको छ ।

यस्तै उक्त समारोहमा सोही सिरिजमा नेपाली क्रिकेट टोलीबाट डेब्यु गरेका ४ खेलाडी – कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी र सहब आलमलाई जनही रु. १ लाख प्रदान गरियो ।

नेपाल, नेदरल्याण्डस् र मलेसिया सहभागि उक्त त्रिकोणात्मक टी २० सिरिजमा नेदरल्याण्ड्सलाई कीर्तिमानी एक सय ४२ रनले हराउँदै नेपालले करिव ११ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेटका उपाधि जित्न सफल भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest