२०२४ देखि २०३१ सम्म हुने प्रमुख प्रतियोगिता आयोजना गर्न १७ देशकाे इच्छा

सन् २०२४ देखि २०३१ काे साइकलसम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रमुख प्रतियोगिता आयोजना गर्न मलेसिया, अमेरिका सहित १७ देश इच्छुक देखिएका छन ।

२०२४ देखि २०३१ सम्म हुने बिभिन्न प्रतियाेगिताका लागि ११ टेस्टसँगै ६ एसोसियट राष्ट्रले इच्छा ब्यक्त गरेका छन् । याे बिचमा टि २० विश्वकप, एकदिवसिय विश्वकप, च्याम्पियन्स ट्रफी र यू १९ विश्वकप लगायतका प्रमुख प्रतियोगिता हुनेछन् । टेस्ट टोली अफगानिस्तानले भने आफ्नो नाम दिएको छैन । २०२४ देखि २०३१ सम्म चार टि २० विश्वकप, दुई एकदिवसिय विश्वकप र दुई च्याम्पियन्स ट्रफी गरि प्रमुख आठ पुरुष प्रतियोगिता हुने छन् ।

अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, मलेसिया, नामिबिया, न्युजिल्यान्ड, ओमान, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, अमेरिका, यूएई र जिम्बावेले पारम्भिक प्रस्ताव पठाएको आइसिसीले जनाएको छ । आगमी विश्वकप रोडम्याप सार्वजनिक गरिएको छैन ।

२०२४ देखि टि २० विश्वकपमा २० देशले सहभागी जनाउने छन् । २०२७ को एकदिवसिय विश्वकप देखि १४ देशले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स ट्रफीमा आइसिसी ओडिआई वरियता शीर्ष आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । कुन प्रतियोगिता कसले आयोजना गर्ने आइसिसीको बोर्ड बैठकले छनोट गर्नेछ ।

पाकिस्तानले सन् १९९६ को एकदिवसिय विश्वकप पछि आइसिसीको प्रतियोगिता आयोजना गरेको छैन । २००८ मा पाकिस्तानमा च्याम्पियन्स ट्रफी आयोजना गर्ने कार्यक्रम भएपनि पछि दक्षिण अफ्रिका सरेको थियो । २००९ मा श्रीलंका खेलाडी चडेको बस लाहोरमा आक्रामण भएपछि पाकिस्तानले यूएईमा आफ्नो घरेलु मैदान बनाउँदै आएको छ । पछिल्लो समय पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्कि सकेको छ ।

२०२१ को टि२० विश्वकप कोरोना महामारीको कारण भारतबाट यूएई र ओमानमा सरिसकेको छ । २०२२ को टि२० विश्वकप अष्ट्रेलिया र २०२३ को एकदिवसिय विश्वकप भारतमा हुने कार्यक्रम छ । मलेसिया सहित एसोसियट देशले टि२० विश्वकप आयोजना गर्न बढी रुचि देखाएको अनुमान गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest