स्टाेक्सकाे कप्तानीमा नयाँ टिमकाे घाेषणा

पाकिस्तानविरुद्धको तीन एकदिवसिय सिरिजका लागि इंग्ल्याण्डले दोस्रो टिमको घोषणा गरेको छ । बेन स्टोक्सको कप्तानीमा रहेको टिममा १८ सदस्य राखिएको छ ।

पहिलो टिमका कुल सात जनामा कोरोना देखिएपछि इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले अन्तिम समयमा अर्को टिम बनाउनु परेको हो । जसमा अनुभवी खेलाडी स्टोक्सलाई कप्तान दिइएको छ । उनी यसअघिको टिममा थिएनन् ।

सात जनामा कोरोना देखिएपछि पुरै टिमलाई आइसोलेसनमा राखिएको छ । नयाँ टिममा नौ जना खेलाडीले पहिलो पटक मौका पाएका छन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest