रासिद खान अफगानिस्तानको टी २० क्रिकेटको कप्तान नियुक्त

रासिद खान अफगानिस्तानको टी २० क्रिकेटको कप्तान नियुक्त भएका छन ।

विश्व बरियतामा टी २० बलरको बरियतामा दोस्रो स्थानमा रहेका रासिदलाई बोर्डले नयाँ जिम्मेवारी दिएको छ ।

रासिद कप्तान हुँदा नजिबुल्लाह जार्दन उपकप्तान बनेका छन । टी २० क्रिकेटमा उत्कृष्ट बलर रासिदले दुई सय ५२ खेलमा ३ सय ५० विकेट लिएका छन ।

उनले विश्वका शिर्ष फ्रेन्चाइजी लिग खेलिसकेका छन ।

रासिदले २०२१ को आइसीसी टी २० विश्वकपमा टिमको कप्तानी गर्नेछन ।

यूएई र ओमानमा हुने टी २० विश्वकपमा अफगानिस्तान भारत, इंग्ल्याण्ड र दक्षिण अफ्रिकाको समुहमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest