सन्दिप द हन्ड्रेडका लागि भाेली जाने

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने बेलायतमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न भोली (विहिबार) राती जाने भएका छन ।

भिषाको समस्याका कारण टी २० ब्लास्ट खेल्न नपाएका सन्दिपले विहिबार राती द हन्ड्रेडका लागि जान लागेको बताए । बेलायत पुगेपछि उनी १० दिनको क्वारेन्टिन बस्नुपर्ने संभावना रहेको छ । नेपालबाट जाँदा पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ । उनी बेलायत गएरपनि दुई पटक क्वारेन्टिनमा हुँदा पीसीआर परिक्षण गर्नुपर्नेछ ।

द हन्ड्रेडमा ओभल टिमबाट खेल्ने तयारीमा रहेका सन्दिपले पहिलो खेलबाट नै टिममा समावेश हुन पाउने भएका छन । द हन्ड्रेड जुलाई २२ बाट सुरु हुँदैछ । जसमा पहिलो खेलमा नै सन्दिपको टिम ओभलले म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । इंग्ल्याण्ड र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको यो प्रतियोगिता अघिल्लो बर्ष कोभिडका कारण स्थगित भएको थियो ।

यो बर्ष उनलाई टिमले रिटेन गरेको थियो । सन्दिपलाई ओभलले करिव एक लाख पाउण्डमा अनुबन्ध गरेको हो । यसअघि नेपालले स्पेनमा त्रिकोणात्मक सिरिज खेल्ने हुँदा सन्दिपले यो प्रतियोगिताका सुरुवाती चार देखि पाँच खेल गुमाउने संभावना थियो ।

तर अब भने उनले पुरै प्रतियोगिता खेल्न पाउनेछन । नेपालको अर्को अन्तराष्ट्रिय तालिका सेप्टेम्बरमा भएकाले पनि सन्दिपलाई यो प्रतियोगिताका लागि समय मिलेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest