बसन्त अमेरीकी फ्रेन्चाइजी लिग टिममा अनुबन्धित

नेपाली क्रिकेटर बसन्त रेग्मी अमेरीकामा एकपछि अर्को प्रतियोगितामा ब्यस्त बन्न थालेका छन । बसन्त पछिल्लो पटक अमेरीकी क्रिकेट संघले नै पहिलो पटक आयोजना गर्न लागेको मिनोर लिग क्रिकेट खेल्ने पक्का भएको छ ।

अमेरीकी क्रिकेट संघले नै पहिलो पटक आयोजना गर्न लागेको यो प्रतियोगितामा बसन्त ड्राफ्टबाट हलिउड मास्टर्स ब्लास्टर्समा अनुबन्ध भएका छन ।

बसन्तले अमेरीकी क्रिकेट संघले नै बृहत योजनाका साथ आयोजना गर्न लागेको मिनोर क्रिकेट लिगमा प्रवेश पाएका छन । यो प्रतियोगितामा कुल २४ टिमले सहभागिता जनाउनेछन । जसमा अहिलेसम्म विभिन्न क्षेत्रबाट गरेर १७ टिमले टिम तयार पारेका छन । त्यसमा बसन्तले खेल्ने हलिउड मास्टर्स ब्लास्टर्सले वेष्टर्न कन्फ्रेन्चबाट खेल्नेछ ।

यो क्षेत्रमा ६ टिम रहेका छन । जसमा इष्टबे ब्लाजेर्स, गोल्डेन स्टेट, हलिउड मास्टर्स ब्लास्टर्स, सान डीएगो सर्फ राइडर्स, सिलिकन भ्याली स्ट्राइकर्स, सोकल लासिङ रहेका छन ।

विभिन्न चार रिजनबाट छ ६ टिमलाई समावेश गरेर यो प्रतियोगिता गर्न लागिएको हो । अमेरीकी क्रिकेट संघले यो प्रतियोगिताका लागि विभिन्न निजी लगानीकर्तालाई पनि भित्र्याएको छ ।

संघले यो प्रतियोगिता अमेरीकामा क्रिकेट विकाशका लागि महत्वपुर्ण रोल खेल्ने आशा लिएको छ । यसका साथै यो प्रतियोगिताबाट अमेरीकी टी २० राष्ट्रिय टिमपनि तयार पारिने र त्यसका लागि यो राम्रो बाटो बन्ने संघले बताएको छ ।

यो प्रतियोगितामा खेल्ने खेलाडीको प्रदर्शनलाई राष्ट्रिय टिमको छनौट कमिटीले नजिकबाट नियाल्ने बताइएको छ । अमेरीकी क्रिकेट संघले लामो योजनाका साथ यो प्रतियोगितालाई सुरु गर्न लागेको र क्रिकेटलाई अमेरीका भरि नै पुर्याउने उद्देश्यका साथ अहिले सुरुवात गरेको बताएको छ ।

यो प्रतियोगिताको ड्राफ्टका लागि २४ सय भन्दा बढि खेलाडीले नाम दर्ता गरेका थिए । त्यसमा तीन सय ६ जना १७ वटा टिममा छनौट भएका छन । यो प्रतियोगिता जुलाईका अन्तिममा हुनेछ ।

बसन्त सिंगापुरमा २०१९ मा भएको आइसीसी टी २० विश्वकपको एशिया छनौटपछि राष्ट्रिय टिममा पर्न सकेका छैनन् । यो विचमा उनले घरेलु प्रतियोगिता खेलेपछि सिनियर टिममा भने स्थान बनाउन सकेका थिएनन् । एक पटक विचमा बसन्तलाई क्याम्पमा बोलाएपनि ब्यक्तिगत कारणले उनी आउन सकेका थिएनन् । तर उनलाई फिटनेसको समस्या देखाउँदै टिमबाट हटाइएको बताइएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest