अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज वेस्ट इन्डिजकाे पाेल्टामा

अस्ट्रेलियाविरुद्धको टी २० सिरिज वेस्ट इन्डिजले जितेको छ । गएराति भएको तेस्रो टी २० मा ६ विकेटको जित निकाल्दै वेस्टइन्डिजले सिरिजका बाँकी २ खेल छँदै ३–० ले आफ्नो पक्षमा पारेको हो ।

यस पटक पनि अस्ट्रेलियाका ब्याट्सम्यानहरु चल्न सकेनन् । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । उसका लागि मोइसीस हेनरिक्सले सर्वाधिक ३३ रन बनाउँदा कप्तान आरोन फिन्चले ३०  रनको योगदान गरे ।

एस्टन टर्नरले २४ रन बनाउँदा म्याथ्यू वेडले २३ रन बनाए । एलेक्स केरीले १३ रन बनाउँदा मिचेल मार्सको ब्याटबा ११ रन मात्रै बन्यो । अस्ट्रेलियालाई सस्तैमा रोक्नका लागि हेडन वाल्सले दुई विकेट लिएका थिए ।

१४२ रनको जवाफी लक्ष्य पछ्याएको वेस्टइन्डिजले क्रिस गेलको अर्धशतकीय पारिले सहज जित दिलायो । गेलले ६७ रन बनाउँदा ३८ बल फेस गरेका थिए । उनले आफ्नो पारिमा ७ छक्का र चार चौका प्रहार गरे । गेलले अन्तराष्ट्रिय क्रिकेटमा १४ हजार रन पनि पुरा गरेका छन् ।

यसैगरी निकोलस पुरन ३२ रनमा नटआउट रहे । अस्ट्रेलियाका लागि रेलि मेड्रिथले तीन विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest