दक्षिण अफ्रिकामाथि आयरल्याण्डकाे उत्कृष्ट जित

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय खेलमा आयरल्याण्ड ४३ रनले विजयी भएको छ ।

डब्लिनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९० रन बनायो ।

उसका लागि कप्तान एन्डी बाल्बरिनले शतकीय पारी खेले । उनले एक सय दुई रनको योगदान गरे । यस्तै हेरी टेक्टोरले ७९ रन बनाउँदा जर्ज डोकरेलले ४५ तथा एन्डी म्याकब्रिनले ३० रन बनाए ।

जवाफमा दक्षिण अफ्रिका ४८ ओभर तीन बलमा दुई सय ४७ रनमा अलआउट भयो । उसका ओपनर जानेमन मालानले ८४ रन बनाउनु बाहेक बाँकी खेलाडीले राम्रो खेल्न सकेनन् ।

उसका लागि रस्सी भान देर डुसेनले ४९ रन बनाउँदा डेविड मिलरले २४ रनको योगदान गरे । बाँकी खेलाडी भने सस्तैमा आउट भए ।

दक्षिण अफ्रिकालाई सस्तैमा आउट गर्न मार्क एडेर र जोस लिटिलले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest