पाकिस्तानविरुद्धकाे एकदिवसिय सिरिजमा इंग्ल्याण्डकाे क्लिनस्वीप

पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज इंग्ल्याण्डले क्लिनस्वीप गरेको छ ।

गएराति भएको खेलमा पाकिस्तानले दिएको ३३२ रनको लक्ष्य इंग्ल्याण्डले १२ बल बाँकी रहँदै सात विकेट गुमाएर पुरा गरेको थियो । तीन विकेटको जित निकालेको इंग्ल्याण्डले तीन सून्यले सिरिज पनि आफ्नो पोल्टामा पार्न सफल भयो ।

पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३१ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले शतकीय पारि खेले । उनले १३९ बलमा १५८ रनको उत्कृष्ट पारि खेल्दा मोहमम्द रिजवान र इमान उल हकले पनि अर्धशतकीय पारि खेलेका यथए । रिजवान ७४ रनमा आउट हुँदा हक ५६ रनमा पभेलियन फर्किएका थिए ।

इंग्ल्याण्डका ब्रिडोन कार्सले सर्वाधिक ५ विकेट लिँदा सिकिब महमुदले ३ विकेट लिए ।

पाकिस्तानले दिएको ३ सय ३२ रनको फराकिलो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा जेम्स भिन्सले शतकीय इनिङ्स खेले । पहिलो शतक बनाएका उनले १ सय २ रन बनाए ।

यस्तै लेविस ग्रेग्रोरीले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा जाक क्रलीले ३९ रन बनाए । फिल साल्टले ३७ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे ।

पाकिस्तानका हरिस राउफले ४ विकेट लिए । शादब खानले २ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest