चौंथो टी-२० खेलमा वेस्ट इन्डिजमाथि अष्ट्रेलिया विजयी

अष्ट्रेलियाले चौंथो टी-२० खेलमा वेस्ट इन्डिजमाथि चार रनकाे राेमाञ्चक जित निकालेकाे छ । पाँच खेलका सिरिज यसअघि नै गुमाइसकेकाे अष्ट्रेलियाले चाैथाे खेलमा कठिन जित निकाल्याे ।

सेन्ट लुसियामा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो ।

अष्ट्रेलियाका मिचेल मार्शले ७५ रन बनाउँदा कप्तान आरोन फिन्चले ५३ रनको पारी खेले । यस्तै डान क्रिस्टियनले अविजित २२ रन जोडे ।  वेस्ट इन्डिजका ह्येडेन वाल्सले ३ विकेट लिए । ओसने थोमस आन्द्रे रसेल र फाबियन एलनले एक एक विकेट लिए ।

जवाफमा वेस्ट इन्डिज २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ८३ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि ११ रन आवश्यक थियो । तर, अष्ट्रेलियन बलर मिचेल स्टार्क उत्कृष्ट बलिङ गरेपछि अष्ट‍्रेलियाले जित निकाल्न सफल भयाे ।

वेस्ट इन्डिजका लेन्डल सिमोन्सले ७२ रन बनाउँदा इभिन लेविसले ३१ रन जाेडे । यस्तै निकोलस पुरनले १६ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् । उसका लागि फाबियन एलनले २९ र आन्द्रे रसेलले अविजित २४ रन काे याेगदान  गरे ।

बलिङमा अष्ट्रेलियाका मिचेल मार्सले ३ विकेट लिए । एडम जाम्पाले २ विकेट लिए । दुई टोलीबीचको अन्तिम तथा पाँचौ खेल शनिबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest