अन्तिम समयमा श्रीलंका टिममा परिवर्तन

एक महिना अगाडी बोर्डको कारवाहीमा परेका राजापाक्षे श्रीलंकन टिममभारतविरुद्धको टी २० र एकदिवसिय सिरिजका लागि श्रीलंका क्रिकेट बोर्डले भानुका राजापक्क्षलाई टिममा बोलाएको छ । अघिल्लो महिनामात्र बोर्डले उनलाई बोर्डको सम्झौता तोडेको भन्दै जरिवाना लगाएको थियो ।

जुलाई १८ बाट सुरु हुने भारतविरुद्धको सिरिज अगाडी भानुकालाई २५ खेलाडीको टिममा राखेको छ । यस्तै डेब्यु खेलाडी लहिरु उदारा र अलराउण्डर इशान जयरत्नेलाई पनि टिममा बोलाएको छ ।

यस्तै चोटमुक्त भएका लहिरु कुमारा र कसुन रजिथलाई पनि टिममा राखेको छ । श्रीलंका टिमका अनुभवी खेलाडी कुशल मण्डिस, निरोसन किडवेला, कुशल परेरा, धनुष्का गुनथिकालाले भारतविरुद्धको सिरिज गुमाउने भएका छन ।

भारतविरुद्धको सिरिजका लागि परेराको स्थानमा डसुन सनाकाले टिमको कप्तानी गर्ने भएका छन । यस्तै धनन्जय डी सिल्भालाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
ा फिर्ता

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest