द हन्ड्रेडका लागि बेलायतमा रहेका सन्दिप फेरि तनावमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिताको सुरुवाती खेल गुमाउने भएका छन् ।

भिसाको कारण सन्दीपले द हन्ड्रेडको सुरुवाती खेल गुमाउने क्रिकइन्फोले जनाएको छ ।

क्रिकइन्फोले भिसा समस्याको कारण उनले प्रतियोगिता नै गुमाउने सम्भावना रहेको समेत जनाएको छ ।

तर, सन्दीप आबद्द ओभल इन्भिन्सिबलले भने यस विषयमा केहि बताएको छैन।

सन्दीप पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड पुगिसकेका छन् ।१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ ।

पहिलो खेलमा सन्दीप आबद्द इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ ।

भिसाकै कारण सन्दीपले यस अघि भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।

त्यस प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest