इपीएलकाे अन्तराष्ट्रिय सेल्स एजेन्टका रुपमा अष्ट्रेलियाको मारोन मिडिया

एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अन्तराष्ट्रिय सेल्स एजेन्टका रुपमा अष्ट्रेलियाको मारोन मिडिया भित्रिएको छ ।

इपीएल आयोजकले मंगलबार विज्ञेप्ती जारी गर्दै सेप्टेम्बरमा हुने इपीएलको विदेशी सेल्स विक्रि गर्ने जिम्मा मारोन मिडियालाई दिएको बताएको छ ।

सम्झौता अनुसार इपीएलको विदेशी देशमा अधिकार विक्रि गर्ने जिम्मा पाएको छ । यो सम्झौताको रकम बारेमा भने खुलाइएको छैन ।

साथै सो मिडियाले इपीएललाई अन्तराष्ट्रिय सञ्चार माध्यममा प्रत्यक्ष प्रशारण गर्नेछ ।

मारोनका सह संस्थापक लारा रिचर्डसले इपीएलसँग जोडिन पाउँदा निकै खुसी लागेको बताएका छन ।

यस्तै इपीएल आयोजक जोरा स्पोर्टसका प्रबन्ध निर्देशक आमिर अख्तरले पनि विश्व भर प्रतियोगिता प्रशारित हुनु आफैमा गर्वको कुरा भएको बताएका छन ।

कोभिडका कारण अघिल्लो बर्ष स्थगित भएको इपीएल आगामी असोज नौ देखि २३ सम्म हुनेछ । जसका लागि आयोजकले आन्तरीक तयारी गरिरहेका छन ।

यसका साथै यो प्रतियोगिताका लागि आइसीसीले पनि स्विकृती दिइसकेको छ । ६ टिमको सहभागिता हुने प्रतियोगितामा केहि स्टार विदेशी खेलाडीपनि आउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest