नेपालले अगष्टकाे पहिलाे साता प्रशिक्षण सुरू गर्ने तयारी

कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ का सिरिज स्थगित भएका छन । यस्तैमा पछिल्लो पटक स्कटल्याण्डमा हुनुपर्ने त्रिकोणात्मक सिरिज स्पेनमा गर्ने भनिएपनि अन्तिम समयमा स्थगित भएको थियो । जसका कारण नेपाली टिमले तयारी सुरु गरेरपनि विचमा रोक्नुपरेको थियो ।

तर अब नेपालले ओमानमा सेप्टेम्बरमा सिरिज खेल्ने योजना बनाएको छ । यसका लागि अमेरीका र ओमानले तयारी सुरु गरिसकेका छन । सेप्टेम्बरको दोस्रो साता हुने संभावना रहेको सो सिरिजको तालिका भने औपचारिक रुपमा आइसकेको छैन । तरपनि अमेरीका र ओमानले प्रतियोगिताका लागि तयारी सुरु गरेकाले यो प्रतियोगिता हुने पक्का जस्तै छ ।

यस्तैमा नेपाली क्रिकेट टिमले पनि अगष्टको सुरुवातबाट बन्द प्रशिक्षण गर्ने बताइएको छ । यसअघि स्पेनमा हुने भनिएको प्रतियोगिताका लागि क्याम्पमा बोलाएका खेलाडीलाई नै यो सिरिजका लागि बोलाउने तयारी भएको छ । स्पेनमा हुने भनिएको सो सिरिजका लागि नेपाली टिमले भिषाको प्रक्रिया सुरु गरेपनि नामिबिया टिमका खेलाडीमा कोरोना देखिएपछि अन्तिम समयमा स्थगित भएको थियो ।

यसपटक ओमानमा सिरिजका लागि नेपाली टिमले तयारी गर्नु अगाडी मुख्य प्रशिक्षक डेभ ह्वाटमोरपनि नेपाल फर्किनेछन । स्पेनको सिरिज स्थगित भएपछि उनी दोस्रो पटक श्रीलंका फर्किएका थिए ।

कोभिडका कारण पछिल्लो डेढ बर्ष भन्दा बढि समयमा कुनैपनि लिग २ का सिरिज हुन सकेका छैनन् । सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको छनौटको आधार  रहेको यो प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले ग्लोबल छनौट खेल्नुका साथै अर्को संस्करणको सुपर लिगमा प्रमोट हुने मौका पाउने । यस्तै दोसो र तेस्रो हुने टिमले विश्वकप छनोट खेल्नेछन ।

नेपालले अहिलेसम्म मात्र चार खेल खेलेको छ । जसमा दुई जित र दुई हार ब्यहोरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest