आइसीसीले श्रीलंकालाई लगायाे जरिवाना

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले श्रीलंकालाई जरिवाना लगाएको छ ।

भारतविरुद्धको दोस्रो एकदिवसिय खेलमा स्लो ओभररेटका कारण २० प्रतिशत म्याच फी जरिवाना लगाएको छ ।

आइसीसीले विहिबार घरेलु टिम श्रीलंकाले दोस्रो एकदिवसिय खेलमा स्लो ओभररेटमा बलिङ गरेको भन्दै जरिवाना लगाएको हो ।

आइसीसीको एलिट प्यानलले दसुन सनाकाको टिमलाई ओभर रेट भन्दा एक ओभर ढिलो गरेको भन्दै जरिवाना लगाएको हो ।

श्रीलंकन खेलाडीले पाउने म्याच फी को २० प्रतिशत रकम कटौती हुने भएको छ ।

यसका साथै आइसीसीले श्रीलंकन टिमले अपिल गरेको खन्डमा त्यसको कुनै सुनुवाई नहुने बताएको छ ।

अब तेस्रो एकदिवसिय खेलमा श्रीलंकाले भारतसँग शुक्रबार खेल्नेछ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest