श्रीलंकाविरुद्धको पहिलो टी-२० क्रिकेटमा भारत विजयी

श्रीलंकाविरुद्धको पहिलो टी-२० क्रिकेटमा भारत ३८ रनले विजयी भएको छ । जितसँगै भारतले टी २० सिरिजमा १–० को अग्रता लिन सफल भएको छ  ।

पाहुना टोली भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंका १८.३ ओभरमा १२६ रनमा रोकिएको थियो ।

श्रीलंका  चारिथ असलंकाले सर्वाधिक ४४ रन बनाउँदा, अभिष्का फर्नान्डोले २६ रनको योगदान गरेका थिए ।

भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए भने दिपक चहारले दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय पारी खेले ।

यस्तै, कप्तान शिखर धवनले ४६, सन्जु सामसनले २७, रनको योगदान गरेका थिए ।

श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले दुई–दुई विकेट लिएका थिए   ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest