इपीपलका लागि अफ्रिदी काठमाडौँ किंग्समा अनुबन्ध

एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)मा पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले खेल्ने भएका छन् ।

आउँदो असोजमा आयोजना हुने ईपीएलमा अफ्रिदी काठमाडौं किंग्स ११ बाट खेल्ने पक्का भएको छ । काठमाडौंले सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच अफ्रिदीलाई टिमको आईकोनिक प्लेअरको रुपमा सार्वजनिक गरेको हो ।

विश्वका अधिकांश फ्रेन्चाईज लिग खेलेका अफ्रिदीले पाकिस्तानका लागि ९९ टी २० खेलेका छन् भने उनले ३९८ एक दिवसीय तथा २७ टेस्ट क्रिकेट खेलेका छन् । पूर्व कप्तानसमेत रहेका अफ्रिदीले तीनवटै फरम्याटमा ११ हजार बढी रन बनाएका छन् ।

ईपीएल सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । ईपीएलका ६ वटा फ्रेन्चाइजी टिमको सहभागिता हुने छ । कोरोना महामारीका कारण गत बर्ष ईपीएल स्थगित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest