भारत र श्रीलंकाबिचकाे दाेस्राे टी-२० खेल स्थगित

भारत र श्रीलंकाविचको दोस्रो टी २० खेल स्थगित भएको छ । तालिका अनुसार आज राति हुने भनिएको खेल कोभिडका कारण स्थगित भएको बताइएको छ ।

भारतीय टिमका एक खेलाडीमा कोरोना देखिएपछि अरु आठ खेलाडी पनि आइसोलेसनमा बसेकाले खेल स्थगित भएको छ । अब आजको खेल विहिबार हुनेछ ।

भारतीय टिमका एक जनामा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका अरु आठ जना खेलाडीपनि आइसोलेसनमा बसेपछि खेल नहुने भएको हो ।

यसका साथै इंग्ल्याण्ड भ्रमणमा जाने तयारीमा रहेका पृथ्वी शा र शुर्यकुमार यादवलाई पनि असर पर्ने भएको छ ।

इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि बीसीसीआईले दुई जना खेलाडीलाई पठाउने तालिका थियो । तर कोभिडका कारण उनी तोकेको समयमा जान नपाउने संभावना बढेको छ ।

खेल अगाडी मंगलबार गरिएको परिक्षणमा भारतीय एक जनामा कोभिड देखिएको हो । तर कसलाई कोभिड भएको भन्ने खुलाइएको छैन ।

श्रीलंकन टिममा भने कोभिडको कुनै रिपोर्ट नभएको बताइएको छ । अब सबैको बुधबार विहान फेरी परिक्षण गरिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest