क्रुनालकाे क्लोज कन्ट्याक्टमा परेका खेलाडीको पीसीआर रिपोर्ट नेगेटिभ

अलराउण्डर क्रुनाल पाण्डयालाई कोरोना भाईरसबाट संक्रमित हुँदा क्लोज कन्ट्याक्टमा परेका खेलाडीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

घरेलु टिमसँगको टी-ट्वान्टी सिरिजका लागि श्रीलंकामा रहेका क्रुनाललाई मंगलबार कोरोना पुष्टि भएको थियो ।

क्रुनाललाई कोरोना देखिएपछि उनीसँग क्लोज कन्ट्याक्टमा रहेका ८ जनाको पीसीआर गरिएको थियो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

क्रुनाललाई संक्रमण देखिएपछि मंगलबार तय भएको दोस्रो टी-ट्वान्टी स्थगित गरिएको थियो । स्थगित खेल आज हुनेछ ।

तीन खेलको टी-ट्वान्टी सिरिजमा भारत १-० ले अघि रहेको छ ।

अब क्रुनालले भने सिरिजको बाँकी दुबै खेल गुमाउने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest