टी-२० बरियतामा पारस, ज्ञानेन्द्र र सन्दिप खस्किए

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको नयाँ टी २० बरियतामा नेपालबाट रहेका तीनै खेलाडीको बरियता खस्किएको छ ।

आइसीसीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ टी २० बरियतामा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का र बलर सन्दिप लामिछानेको बरियता खस्किएको हो ।

नयाँ बरियतामा मल्लको बरियता दुई स्थान तल झरेर ९७ औं स्थानमा पुगेका छन । उनको तीन सय ५७ रेटिङ रहेको छ ।

यस्तै पूर्व कप्तान पारस खड्कापनि तीन स्थान तल झर्दै ९४ औं स्थानमा पुगेका छन ।

युवा खेलाडी कुशल भुर्तेलको बरियतामा भने एक स्थान सुधार भएको छ । उनी हाल ६० औं स्थानमा पुगेका छन ।

कुशल बरियतामा भारतीय खेलाडी रिशब पन्त, वेष्ट इन्डिजका पोलार्ड र निकोलस पुरन भन्दा अगाडी रहेका छन ।

यस्तै बलिङमा सन्दिप लामिछानै चार स्थान तल झरेर ८३ औं स्थानमा पुगेका छन । उनको चार सय पाँच रेटिङ रहेको छ ।

सोमपाल कामी शिर्ष एक सय बरियतामा पुगेका छन । उनी हाल ९७ औं स्थानमा उक्लिएका छन ।

विश्व बरियताको शिर्ष स्थानमा इंग्ल्याण्डका डेविड मलान यथावत छन। दोस्रो स्थानमा पाकिस्ताका बाबर अजाम छन ।

बलिङतर्फ शिर्ष स्थानमा दक्षिण अफ्रिकी खेलाडी तबरेज साम्सी छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest