राष्ट्रिय टिमकाे क्याम्प अर्काे साताबाट, ह्वाटमाेर नेपालमा

सेप्टेम्बरमा ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिजका तयारीका लागि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइपुगेका छन ।

प्रशिक्षक नेपाल आएपछि अर्र्को साताबाट राष्ट्रिय टिमको क्याम्प सुरु गरिने भएको छ ।

यसअघि स्पेनमा हुने भनिएको आइसीसी विश्वकप क्रिकेट लिग टु को अन्तिम समयमा स्थगित भएपछि प्रशिक्षण रोकिएको थियो । त्यसपछि ह्वाटमोर श्रीलंका फर्किएका थिए ।

तर क्यानले अगष्टको पहिलो साताबाट प्रशिक्षण गर्ने भएपछि ह्वाटमोर दुई दिन अगाडी नेपाल पुगेका हुन ।

उनको शुक्रबार पीसीआर परिक्षण हुनेछ । त्यसपछि टिमको क्याम्पमा लाग्नेछन ।

क्यानले क्याम्पका लागि यसअघि बोलाएका खेलाडीलाई नै राख्ने तयारी गरेको छ ।

ओमानमा हुने नेपाल र अमेरीकाविचको सिरिजका लागि अमेरीकाले तयारी सुरु गरिसकेको छ । यस्तै यूएईले पनि खेलाडीलाई क्याम्पमा राखिसकेको छ ।

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले अहिलेसम्म मात्र चार खेल खेलेको छ । जसमा दुईमा जित र दुईमा हार ब्यहोरेको छ ।

अहिलेसम्मको ओमानमा हुने प्रतियोगिताको एकिन मिती भने आइसकेको छैन । तर सेप्टेम्बरको दोस्रो साता सुरु हुने संभावना रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest