महेबुब आलमलाई राष्ट्रिय सम्मानका साथ बिदाई गर्नुपर्ने

प्रदेश दुईको बोर्ड बैठकले खेलाडीको अक्षयकोष स्थापना तथा ५ लाखसम्मको बीमा गर्ने निर्णय गरेको छ ।

प्रदेश दुईको बर्दिबासमा आठ घण्टा बसेको बोर्ड बैठकले केहि महत्वपुर्ण निर्णय गरेको छ । जसमा कीर्तिमानी खेलाडी महबुब आलमलाई राष्ट्रिय सम्मानका साथ विदाई हुनुपर्ने बताइएको छ । यसका साथै खेलाडीका लागि अक्षयकोषको स्थापना गरेको छ । जसमा कति रकम भन्ने अहिलेका लागि गोप्य राखिएको छ ।

प्रदेश दुईका खेलाडीलाई केहि कठिन भएको खण्डमा उचित पहिचान गरेर यो कोषबाट रकम दिइनेछ । यस्तै प्रदेश दुईका खेलाडीका लागि ५ लाखको बीमा गर्ने निर्णय भएको छ ।
साथै प्रदेश २ को कार्यालय बर्दिबासमा स्थानपन गर्ने र खेलाडी जीवनबाट सन्यास लिएकी शोभा आलेलाई कार्यालय सचिवमा नियुक्त गरेको छ ।

यस्तै नेपाल क्रिकेट संघ क्यानको स्विकृतीमा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता प्रदेश २ मा गर्ने र सो प्रतियोगितामा विभागिए टिमबाहेकको गर्ने निर्णय भएको छ । यस्तै यू १९ प्रतियोगिताको आयोजना रौतहटमा गर्ने पनि योजना बनेको छ ।

प्रतियोगिता आयोजनाका लागि सुनील महासेठका संयोजनमा दुई सदस्यलाई राखेको छ । जसमा निरज कार्की र आकाश पाण्डे छन । यस्तै प्रदेश २ को सल्लाहकारमा सिपनारायण झालाई मनोनित गरेको छ ।

यसका साथै प्रधानमन्त्री कपमा प्रदेश दुईले एक खेलपनि नजिती बाहिरीँदा खेलाडी छनौटमा नै विवाद भएपछि त्यो विषयमा पनि छलफल भएको छ । करिव तीन घण्टा यो विषयमा छलफल हुँदा अबबाट कुनैपनि ठाँउमा प्रतियोगिता हुँदा प्रदेशकै खर्चमा एक साता अगाडी नै पुग्ने र अभ्यास गर्ने निर्णय भएको छ ।

यस्तै प्रदेश २ का लागि पिच क्युरेटको पनि माग भएको छ । नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय कोषाध्यक्ष समेत रहेका रोशनकुमार सिंहको रोबरोहमा भएको बैठकले आफ्नो प्रदेशलाई स्वतन्त्र तरिकाले आर्थिक रुपमा बलियो बनाउने योजना बनेको छ ।

अहिलेसम्म क्यानको सहयोगका आश गरिरहेकोमा अबबाट प्रदेश २ आफैले आर्थिक स्रोत जुटाउने र सबल प्रदेश बन्ने लक्ष्य राखेको छ । क्यानको कोषाध्यक्ष भएर आएपछि आर्थिक नियमावली पारित गर्नका लागि जोड दिएका सिंहले प्रदेश दुईलाई पनि नयाँ ढंगले पारदर्शी रुपमा अगाडी बढाउने योजना बनाएको बताए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest