भारतविरूद्धकाे टी-२० सिरिज श्रीलंकाकाे पक्षमा

भारतविरुद्धको टी-२० सिरिज श्रीलंकाले जितेको छ । तेस्रो तथा अन्तिम टी २० मा ७ विकेटको जित दर्ता गर्दै सिरिज २–१ ले जितेको हो ।

टस जितेको भारतले पहिला ब्याटिङ गर्दै जम्मा ८ विकेट गुमाएर ८१ रन बनाउन सक्यो । ८२ रनको सामान्य लक्ष्य श्रीलंकाले १४.३ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा गरेको थियो ।

धनञ्जय डि सिल्वा र वानिन्दु कसरंगा क्रमश २३ र १४ रनमा नटआउट रहे । भारतका लागि राहुल चहारले १५ रन खर्चिएर तीन विकेट लिए ।

भारतले पछिल्लो नौं टी २० सिरिजमा पहिलो हार हो । पछिल्ला आठ सिरिजमध्य सात सिरिज जित्दा एउटा सिरिज बराबरी भएको थियो ।

भारतीय पारिमा कप्तान शिखर धवनसहित  सन्जु सामसन र बरुण चक्रवर्ती खाता नै नखोली आउट भएका थिए । आधा टिम ३६ रन हुँदा आउट भइसकेको थियो ।

भारतीय टिमका लागि कुलदीप यादवले सर्वाधिक २३ रन बनाउँदा भुवनेश्वरकुमारले १६ रन बनाएका थिए । श्रीलंकाका लागि वानिन्दु हसरंगाले ९ रन खर्चिएर चार विकेट लिएपछि भारतको पारि ध्वस्त भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest