भारतविरुद्धको तीन टी २० को सिरिज जितेको श्रीलंका टिमले सेप्टेम्बर दुईबाट दक्षिण अफ्रिकाविरुद्ध एक दिवसिय र टी २० सिरिज खेल्ने पक्का भएको छ ।
श्रीलंकन क्रिकेट बोर्डले दक्षिण अफ्रिकाले सिरिजका लागि भ्रमण गर्ने पक्का गरेको हो ।
जसमा दक्षिण अफ्रिकी टिमले श्रीलंकासँग तीन एकदिवसिय र तीन टी २० खेलको सिरिज खेल्ने भएको छ ।
जसका लागि दक्षिण अफ्रिकी टिम अगष्टको तेस्रो साता श्रीलंका पुग्नेछ ।
श्रीलंकाले पछिल्लो पटक एकपछि अर्को सिरिज खेलिरहेको छ ।
इंग्ल्याण्डसँगको सिरिज खेलेर फर्किएपछि टिमले भारतसँग खेलेको थियो ।