क्रिकेटबाट विश्राम लिने सोच किन आयो स्टोक्सको ?

इंग्लिस अलराउन्डर बेन स्टोक्सले अनिश्चित समयका लागि क्रिकेटका सबै स्वरूपबाट विश्राम लिएका छन् ।

सबैलाई लाग्दो हो, विश्व क्रिकेटका यी ३० वर्षीय उम्दा अलराउन्डर क्रिकेटमा खुबै रमाइरहेका छन् । क्रिकेट खेलेर उनले मस्त कमाएका छन्, पुग्ने भन्दा बढी ।

जहिल्यै जताततै उनको चर्चा छ । तर तिनै स्टोक्सले मानसिक कारण देखाएर उनले आराम लिन खोजेको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डको भनाइ छ ।

इंग्ल्यान्ड र भारतबीच अर्को सातादेखि ट्रेन्ट ब्रिजमा पाँच टेस्टको सिरिज सुरु हुँदैछ र त्यसमा अब स्टोक्स हुने छैनन् नै । खासमा स्टोक्स एक्ला त्यस्ता खेलाडी होइनन्, जसले प्रतिस्पर्धाको चर्को स्वरूपको दबाब झेल्न गाह्रो भएपछि आफूलाई प्रिय खेलबाट टाढिएका छन् ।

बोर्डले भनेको छ, ‘तत्काल लागू हुने गरेर स्टोक्सले सबै खाले क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिने निर्णय गरेका छन् । अर्को सातादेखि भारतविरुद्ध सुरु हुने टेस्ट सिरिजका लागि पनि स्टोक्सले नाम फिर्ता लिएका छन् । उनको उद्देश्य मानसिक रूपमा स्वस्थ रहने र चोट लागेको औंलालाई निको पार्ने हुनेछ ।’

स्टोक्सको यो निर्णयपछि अधिकांस साथी र पुराना खेलाडी उनको समर्थनमा देखिएका छन् । बोर्डले पनि आफू स्टोक्सका पक्षमा रहेको जनाएको छ ।

विशेषतस् जसरी स्टोक्सले आफूलाई मानसिक दबाब रहेको स्विकारेको छ, त्यो नै ठूलो भएको बोर्डको भनाइ छ । नत्र अधिकांस खेलाडी मानसिक दबाबमा त रहन्छन्, तर भन्न सकिरहेको हुन्न ।

यसअघि अमेरिकी जिम्न्यास्टिक खेलाडी सिमोन बायल्सले पनि मानसिक समस्या देखाएर टोकियो ओलम्पिकबाट नाम फिर्ता लिएकी थिइन् ।

यस्तै जापानकी टेनिस स्टार नाओमी ओसाकाले पनि मानसिक दबाबलाई कारण देखाएर बीचमै फ्रेन्च ओपन छाडेकी थिइन् । उनले विम्बल्डन समेत खेलेकी थिइनन् । यसक्रममा उनले मिडियासँग समेत कुराकानी गरेकी थिइनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest