माइनर लिगमा बसन्तको कसिलो बलिङ

नेपाली क्रिकेटरद्वय बसन्त रेग्मी र पृथु बास्कोटा सम्मिलित टिम हलिउड मास्टर ब्लास्टर्सले अमेरीकामा जारी माइनर क्रिकेट लिगमा हारका साथ प्रतियोगिता सुरु गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मास्टर्स ब्लास्टर्सले २० ओभरमा सात विकेट गुमाउँदा एक सय रन बनायो । उसका लागि नेपालका पूर्व खेलाडी कनिष्क चौगाईले ५ रन बनाए भने पृथु बास्कोटाले नौ रनको योगदान गरे ।

यस्तै कोडी क्षेत्रीले सर्वाधिक ३९ रन बनाए । यस्तै करण विराडियाले २९ रन थपे ।

जवाफमा सन डिएगो टिमले १८ ओभर तीन बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा ब्रायन्स रिचर्डसले ३१ रन बनाउँदा जुबैर मर्दले १३, मर्नालले १९ रनको योगदान गरे ।

बलिङमा बसन्त रेग्मीले चार ओभरमा एक मेडेनसहित १२ रन खर्चिएर एक विकेट लिए । यस्तै करण विराडियाले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest