वार्नलाई कोरोना पोजेटिभ

अष्ट्रेलियाको लेजेन्ड्री क्रिकेटर तथा हाल लण्डन स्प्रिटका प्रशिषक सेन वार्नलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बसेका छन । यसका साथै वार्नसँगै लण्डन स्प्रिट टिमका अर्का सदस्यपछि आइसोलेसनमा बसेका छन । तर उनको नाम भने खुलाइएको छैन ।

आइतबार विहान आफुलाई कोरोना पोजेटिभ भएको बताएका वार्नले साउदर्न ब्रेभसँग लर्डसमा भएको खेलपछि कोरोना टेष्ट गरेका थिए । जसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

पछिल्लो १० दिनमा द हन्ड्रेड खेल्ने टिमका प्रशिक्षकमा कोरोना पोजेटिभ देखिने उनी दोस्रो प्रशिक्षक हुन । यसअघि ट्रेन्ट रकेट्सका मुख्य प्रशिक्षक एन्डी फ्लाओरपनि पोजेटिभ भएका थिए । जसका कारण उनले तीन खेल गुमाएका थिए ।

वार्नको टिम द हन्ड्रेडमा पछिल्लो तीन खेलमा पराजित भएको छ । जसमा दुई खेलमा पराजित भएको थियो भने एक खेल नतिजाविहिन भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest