सन्दिप काठमाडाैं किंग्सकाे कप्तान

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले चौथो एभरेष्ट प्रिमिय लिग (ईपीएल) काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् ।

काठमाडौंले सोमबार सन्दीपलाई कप्तानको रुपमा सार्वजनिक गरेको हो । काठमाडौंले सन्दीपलाई उनको २१औं जन्मदिनको उपहारको रुपमा कप्तानमा नियुक्त गरेको जनाएको छ । चौथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु मैदान कीर्तिपुरमा हुनेछ । यसअघि काठमाडौंको कप्तानी सोमपाल कामीले गरेका थिए ।

गतवर्ष काठमाडौंले खेलाडी ट्रेड मार्फत सोमपाल कामीलाई चितवनलाई बेचेको थियो । सन्दीपले यसअघि ललितपुरबाट इपीएल खेलेका थिए । इपीएलका लागि काठमाडौंले हालैमात्र विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदीलाई टोलीमा अनुबन्ध गरेको थियो ।

सन्दीप र शाहिदसँगै काठमाडौंमा दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest