आफुले गर्दा केहि राम्रो हुन्छ भने राजनितीमा पनि आउँछु-पारस खड्का

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अचानक अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गर्दै सबैलाई आश्चार्यमा पारे ।

उनको सन्यासको चर्चा अहिलेपनि निकै भइरहेको छ । तर पारसले आफ्नो सन्यास अचानक नभएको र यो धेरै सोचेर लिएको निर्णय भएको बताए । साथै उनले अहिलेसम्म प्यासनले क्रिकेटमा लागेको थिए, तर अब यसलाई करियर बनाउने बताए । उनले १९ बर्ष प्यासका कारण क्रिकेटमा लागियो अब यसैलाई करियर बनाएर क्रिकेटको विकाश गर्ने धारणा राखे ।

१० बर्ष नेपाली टिमको कप्तान गरेर दुई बर्ष अगाडीमात्र छोडेका पारसले अब पूर्व खेलाडीको नाताले आफुले गर्नसक्ने काम गर्ने बताए । आफुले अहिलेसम्म हात पारेको अनुभवलाई यदि मिलाएर अगाडी लग्यो भने यसले क्रिकेटको भविष्यमालाई बलियो बनाउन सहयोग गर्ने बताए ।

साथै उनले क्रिकेटबाट नटाढिएको र कहिले पनि टाढा नहुने बताए । भविष्यलाई नै क्रिकेट भनेर अगाडी हिड्ने बताउँदै उनले अवसर आउँछ भने पछि नहट्ने बताए । उनले सही अवसर आए आफु त्यसबारेमा सोच्ने र आफ्नो सहभागिताले कस्तो असर पार्नसक्छ भन्ने हिसावले जहिलेपनि तुलना गरेको बताए ।

राजिनितीमा प्रवेशको विषयमा उनले आफु कुनै पार्टीसँग जोडिएर नेपाललाई कुनै न कुनै तरिकाले महत्व दिनसक्ने भए भने आफु तयार रहेको बताए ।

साथै पारसले आफ्नो अहिलेको चाहना ब्यवस्थापकमा आउनु भएपनि त्यो बाटो निकै कठिन रहेको बताए । उनले खेलाडीले क्रिकेटमा परिवर्तन ल्याउन संभव भएको भएपनि ब्यवस्थापनमा त्यस्तो ज्ञारेन्टि नभएको बताए ।

राम्रा खेलाडी राम्रो कप्तान बन्न सक्दैनन्, राम्रो कप्तान राम्रो प्रशिक्षक बन्न सकेका छैनन्, खेलाडीहरु ब्यवस्थापक बन्न सकेका छैनन् । क्रिकेट बाहेकको जुन पोलिटिकल लाइन छ, सहि अवसर पाएमा त्यसबारे सोच्ने उनले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest