बंगलादेशसँग अष्ट्रेलिया लगातार दाेस्राे खेलमा पराजित

बंगलादेशले अस्ट्रलेयिा विरुद्ध टि ट्वान्टी अन्तराष्ट्रियमा लगातार दोस्रो जीत हात पारेको छ । गएराती भएको दोस्रो खेलमा खेलमा अस्ट्रेलिया ५ विकेटले पराजित भयो ।

मिरपुर स्थित शेरे बंगला राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । उसले टिमको स्कोर ३१ रन हुदा दुवै ओपनर गुमाएको थियो । एलेक्स केरी ११ र जोश फिलिप १० रनमा पवेलियन फर्किए ।

तेस्रो विकेटका लागि मिचेल मार्श र मोइसेस हेनरिकले ५७ रनको साझेदोरी गर्दै पारीलाइ अगाडी बढाएका थिए । हेनरिक ३० र मार्श ४५ रनमा आउट भएपछि अस्ट्रेलिया फेरी दवावमा आयो । त्यसपछिका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । म्याथ्यु वेड ४, एस्टन टर्नर ३ रन र एस्टन अगर शुन्यमा आउट भए । मिचेल स्टार्क १३ रनमा अविजीत रहे । मुस्ताफिजुर रहमानले ३ तथा सोरीफुल इस्लामले २ विकेट लिए ।

जवाफमा बंगलादेशले १८ ओभर ४ वलमा ५ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । खराब सुरुवात गरेको घरेलु टोलीलाइ सकिव अल हसन , मेहेदी हसन र आफिफ हुसेनले सम्हालेका थिए । ओपनर सौम्य सरकार खाता खोल्न नपाउदै आउट भएका थिए भने मोहम्मद नइम नौ रनमा मैदान बाहिरिए ।

सकिवले २६, हसनले २३ र आफिफले अविजीत ३७ रन र नुरुल हसनले २२ रन बनाएपछि बंगालेदशले जीत हात पार्यो ।

स्टार्क, जोश हेजलउड, एस्टन, एडम जाम्पा र एन्ड्रयु टायले एक एक विकेट लिए । जीतपछि बंगलादेशले पांच खेलको सिरिजमा दुइ शुन्यको अग्रता लिएको छ । यदि अस्ट्रेलिया बंगलादेश विरुद्ध पहिलो पटक सिरिज गुमाउन चाहदैन भने उसले बांकी तीनै खेल जित्नुपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest