न्यूजिल्याण्डले १८ बर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । यो सेप्टेम्बरमा न्यूजिल्याण्डले पाकिस्तानसँग तीन एकदिवसिय र पाँच टी २० खेल खेल्ने भएको छ ।
टी २० विश्वकप अगाडी न्यूजिल्याण्डले पाकिस्तानको भ्रमण गर्ने भएको हो । जसमा एकदिवसिय सिरिज सेप्टेम्बर १७ देखि २१ सम्म हुनेछ ।
जसमा पहिलो खेल १७ मा खेल्नेछ भने दोस्रो खेल सेप्टेम्बर १९ र तेस्रो खेल सेप्टेम्बर २१ मा हुनेछ ।
सबै खेल रावलपिन्डी क्रिकेट स्टेडियममा हुनेछन । त्यसपछि पाँच टी २० खेल लाहोरमा हुनेछ । जुन सेप्टेम्बर २५ बाट सुरु हुनेछन ।
न्यूजिल्याण्डको यो सिजनमा एकपछि अर्को सिरिज हुनेछन ।
पाकिस्तानपछि न्यूजिल्याण्ड टिमले इंग्ल्याण्डसँग खेल्नेछ भने वेष्ट इन्डिजसँगपनि सिरिज रहेको छ ।
टी–२० विश्वकप अगाडी पाकिस्तानको सिरिज न्यूजिल्याण्डका लागि राम्रो अभ्यास हुने बताइएको छ ।