ओमान सिरिज अघि नेपालले पीएनजीसँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमान सिरिज अघि अभ्यास खेल खेल्ने योजना बनाएको छ ।

सेप्टेम्बरमा ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग नेपालले खेल्ने छ । त्यस अघि पपुवान्युगिनी (पीएनजी)सँग खेल्ने योजना बनाएका नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ले जानकारी दिए ।

नेपालमा अहिले बर्षाको मौसम भएकाले पनि ओमान सिरिज खेल्नु अघि पीएनजीसँग खेल्ने तयारी गरेको हो । त्यसका लागि नेपाली टिम अलि चाँडै त्यसतर्फ प्रस्थान गर्ने योजना पनि बनाएको छ ।

नेपाली टिमले ओमन सिरिजका लागि विहीबारदेखि तयारी पनि थालेको छ । मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले उक्त सिरिजका लागि शुरुमा २० जना खेलाडीलाई बोलाएका थिए । तर, नेपाली टिमका पूर्व कप्तान तथा खेलाडी पारस खड्काले सन्यास लिइसकेकाले उनी बाहेक अहिले १९ जना प्रशिक्षणमा रहेका छन् । औपचारिकरुपमा बिहीवार पहिलो दिनको प्रशिक्षणमा १७ जना खेलाडी रहेका थिए ।

नेपाली टिमका खेलाडीहरु सोमपाल कामी र सन्दीप लामिछाने भने काठमाडौं बाहिर रहेकाले उनीहरु एक दुई दिनमा टिममा समावेश हुने जनाइएको छ ।  आईसीसी विश्वकप क्रिकेट लिग टु अन्र्तगत नेपालले अहिलेसम्म चार खेल खेल्दा दुईमा हार र दुईमा जितको नतिजा आत्मसाथ गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest