आर्चरले आसन्न टी २० विश्वकप गुमाउने

इंग्ल्याण्डका तिब्रगतिका बलर जोफ्रा आर्चरले आसन्न टी २० विश्वकप खेल्न नपाउने भएका छन । उनको दायाँ हातको कुहिनामा लागेको चोट निको नभएपछि उनले विश्वकप खेल्न नसक्ने भएका हुन ।

यो बर्षको सुरुवातमा कुहिनाको चोटका कारण भारत भ्रमणबाट विचमा नै स्वदेश फर्किएका उनको जाँच हुँदा दायाँ हातको कुहिनाको जोइन्टमा चोट लागेको देखिएका थियो । सन् २०२० मा दक्षिण अफ्रिका सिरिजका बेला पहिलो पटक उनलाई यसको समस्या आएको थियो ।

तर इंग्ल्याण्ड क्रिकेट बोर्डले सो चोटको शल्यक्रिया गर्नुनपर्ने बताएको थियो । तर अहिले चोटले आर्चरलाई गम्भिर धक्का दिएको छ । उनी भारतविरुद्धको टेष्ट सिरिज, टी २० विश्वकप र इंग्ल्याण्डविरुद्धको एसेस सिरिज खेल्न नसक्ने भएका छन ।

इंग्ल्याण्डका लागि एक समय भरपर्दा बलर बनिसकेका उनले मात्र ६ टेष्ट, तीन एकदिवसिय र ११ टी २० खेलेका छन । इंग्ल्याण्डलाई २०१९ को विश्वकपको उपाधि दिलाउँदा उनी मुख्य बलर रहेका थिए । फाइनलमा सुपर ओभरमा उनकै बलिङका कारण इंग्ल्याण्डले विश्वकप जितेको थियो ।

तर अहिले यो चोटका कारण उनका करियर नै धरापमा परेको छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest