बंगलादेशलाई ऐतिहासिक सिरिज

बंगलादेशले, अस्ट्रेलिया विरुद्धको पांच खेलको टि ट्वान्टी सिरिज तीन शुन्यले जितेको छ । बंगालादेशले अस्ट्रेलिया माथि टि ट्वान्टी अन्तराष्ट्रियमा सिरिज जितेको यो पहिलो पटक हो ।

मिरपुर स्थित शेरे बंगला राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको सामान्य योगफल बनाएको थियो । ओपनर मोहम्मद नइम एक र सौम्य सरकार दुइ रनमा आउट भएका थिए ।

महमुदुल्लाहले ५२, सकिव अल हसनले २६ र आफफ हुसेनले १९ रन बनाउदै घरेलु टोलीलाइ सम्हालेका थिए । नुरुलु हुसेनले ११ रन जोडे । अस्ट्रेलियाका नाथन एलिसले डेब्यु खेलमानै ह्याट्रिक लिए । २६ वर्षिय एलिस टि ट्वान्टी अन्तराष्ट्रियको डेबयु खेलमानै ह्याट्रिक लिने पहिलो वलर हुन् । उनले अन्तिम ओभरमा महमुदुल्लाह, मुस्ताफिजुर रहमान र मेहेदी हसनलाइ आउट गरेका थिए । जोश हेजलउड र एडम जाम्पाले दुइ दुइ विकेट लिए ।

जवाफमा अस्ट्रेलियाले २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय १७ रन मात्र बनाउन सक्यो । मिचेल मार्शले ५१, बेन मेक्ड्रेमोटले ३५ र एलेक्स क्यारीले २० रन बनाएपनि जीतका लागि पर्याप्त भएन् । म्याथ्यु वेड एक र मोइसेस हेनरिक २ रनमा पवेलियन फर्किए । अस्ट्रेलियालाइ अन्तिम दुइ ओभरमा जीतका लागि २३ रन चाहिएको थियो ।

तर १९ औं ओभरमा मुस्ताफिजुरले जम्मा एक रन दिएपछि अस्ट्रेलिया दवावमा आएको थियो । सोरिफुल इस्लामले दुइ, नासुम अहमद र सकिवले एक एक विकेट लिए । लगातार तेस्रो जीतसंगै बंगलादेशले सिरिज आफ्नो नाममा पारेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest