चौथो टी-२० खेलमा अस्ट्रेलिया ३ विकेटले विजयी

बंगलादेशविरुद्धको चौथो टी-२० क्रिकेट प्रतियोगितामा अस्ट्रेलिया ३ विकेटले विजयी भएको छ । लगातार तीन टी-२० मा पराजित भएपछि सिरिज गुमाएको अस्ट्रेलियाले लयमा फर्किने संकेत गरेको छ ।

पहिला व्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

बंगलादेशलाई थोरै रनमा रोक्ने क्रममा अस्ट्रेलियाका लागि मिचेल स्वीपसन र एन्ड्रयू टेइले समान तीन तीन विकेट लिँदा जोस हेजलवुडले दुई विकेट लिए ।

बंगलादेशका लागि मोहम्मद नइमले २८ रन बनाउँदा मेहदी हसनले २३ रन बनाए ।

यसैगरी अफिस होसनले २० रन बनाउँदा शाकिब अल हसनले १५ रनको योगदान गरे ।

वंगलादेशले दिएको १०५ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ औं ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो ।

अस्ट्रेलियाका लागि डन क्रिष्टिन ३९ रन बनाउँदा एस्टन अस्गरले २७ रनको योगदान गरेका थिए । मिचेल मार्सले ११ रन बनाउँदा अरु खेलाडीले भने राम्रो खेल्न सकेनन् ।

ब‌‌गलादेशका लागि मेहदी हसन र मुस्तिफिुजर रहेमानले समान दुई दुई विकेट लिए ।  यो सँगै सिरिजमा अस्ट्रेलिया ३–१ ले पछि छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest