भारतलाई अन्तिम दिन जितका लागि १५७ रन चाहिने

आइसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत भारत र इंग्ल्याण्डविचको पहिलो खेलमा भारतले पकड बनाएकाे छ ।

चाैथाे दिनकाे खेल सकिँदासम्म भारत निकै बलियाे स्थितीमा पुगेकाे छ । भारतले इंग्ल्याण्डबाट जितका लागि दुई सय नौ रनको लक्ष्य पाएको छ ।

दोस्रो पारीमा इंग्ल्याण्ड तीन सय तीन रनमा अलआउट भएपछि भारतले सामान्य लक्ष्य पाएको हो ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा एक सय ८३ रन बनाएको थियो ।

जवाफमा भारतले पहिलो पारीमा दुई सय ७८ रनमा अलआउट भएको थियो ।

त्यसपछि दोस्रो पारी सुरु गरेको इंग्ल्याण्डले कप्तान जोय रुटको शतकको मद्दतले तीन सय तीन रन बनायो ।

जसमा रुटले एक सय नौ रन बनाए । तर बाँकी खेलाडीले राम्रो खेल्न भने सकेनन् ।

उसका साम कुरानले ३२, जोनी ब्रेस्टोले ३०, डोम सिब्लेले २८ रनको योगदान गरे ।

अब भारतलाई यो लक्ष्य पक्ष्याउनका लागि अझै पुरै एक दिनको समय बाँकी रहेको छ ।

उसका ओपनर लोकेश राहुल २६ रन बनाएर आउट भएका छन । क्रिजमा रोहित शर्मा १२ र चेतेश्वर पुजारा १२ रनमा खेलिरहेका छन ।

अब भारतलाई पाँचौ तथा अन्तिम दिन जितका लागि एक सय ५७ रनमात्र चाहिएको छ । उसकाे हातमा अझै ९ विकेट बाँकी रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest