नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरका रुपमा भारतका राकेश काशिलाई गाहिललाई नियुक्त गरेको छ ।
क्यानले आइतबार राकेशलाई फिटनेस ट्रेनरमा नियुक्त गरेको जनाएको छ । क्यानले खुल्ला गरेको फिटनेस ट्रेनरमा ३८ जनाले आवेदन दिएका थिए ।
जसमा राकेशलाई क्यानले अन्तिममा छनौट गरेका हुन ।
क्यानले गत असार ३० गते यो पोष्टका लागि दरखास्त दिएको थियो । उनले अष्ट्रेलियाबाट लेभल २ कोर्ष पास गरेका छन ।
उनले भारतका नेशनल एकेडेमी र रणजी ट्रफी खेल्ने टिमसँग काम गरेको अनुभव रहेको छ ।
उनी केहि दिन अगाडी नेपाल आएर टिमको प्रशिक्षणमा समावेश भइसकेका छन ।