ओमानले मुम्बईको टिमसँग मैत्रीपुर्ण टी-२० सिरिज खेल्ने योजना

ओलम्पिकको पदक तालिकामा अमेरिकाले चीनलाई उछिन्योआइसीसी विश्वकप लिग टु अन्तर्गत नेपाल र अमेरिकासँग त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्ने तयारीमा रहेको ओमानले आसन्न टी २० विश्वकप अगाडी मुम्बई टिमलाई बोलाएर सिरिज खेल्ने योजना बनाएको छ ।

अगष्टका दोस्रो सातापछि ओमानले मुम्बईसँग टी २० सिरिज खेल्ने योजना बनाएको छ । यो पटकको टी २० विश्वकप अक्टोबर र नोभेम्बरमा यूएई र ओमानमा हुँदैछ ।

ओमानका चिफ डिभेलोप्मेन्ट अफिसर दुलिप मेन्डिसले संघले सिरिजका लागि प्रस्ताव गरेको बताएका छन । तर मुम्बई क्रिकेट संघले यसको जवाफ भने फर्काइसकेको छैन । यसको छिनोफानो यो साता हुने बताइएको छ ।

सन् २०२० को मार्चपछि ओमानले कुनैपनि अन्तराष्ट्रिय खेल खेलेको छैन । टिमले क्याम्प र आन्तरीक प्रशिक्षणमा अभ्यास खेल मात्र खेलेको छ ।

सन् २०१६ मा भएको प्रतियोगितामा ओमानले आयरल्याण्डलाई हराएर नयाँ इतिहास बनाएको थियो । यो पटकको विश्वकपको समुह चरणमा ओमान बंगलादेश, पपुवा न्युगिनी र स्कटल्याण्डसँगै समुह बी मा रहेको छ । समुह चरण पार गर्नका लागि शिर्ष दुईमा पुग्नुपर्ने हुन्छ ।

यदि मुम्बई टिमले प्रस्ताव स्विकार गरेको खण्डमा आइपीएलमा रहेका खेलाडीविना ओमान जानेछ । जसमा श्रेयर ऐयर, पृथ्वी शा, आदित्य तारे, शुर्यकुमार यादव र धवन कुलकर्नी रहेका छन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest