पारसकाे ७७ नम्बर जर्सीपनि ‘रिटायर्ड’

नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै पूर्व कप्तान पारस खड्काले लगाउने ७७ नम्वरको जर्सीलाई नेपाल क्रिकेट संघ क्यानले अर्को खेलाडीमा प्रयोग नगर्ने भएको छ ।

अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएका पारसले पुर्याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउँदै आएको ७७ नम्वरको जर्सीलाई रिटायर्ड गर्ने भएको हो ।

पारसले मंगलबार विहान आश्चार्यजनक रुपमा खेलाडी जीवनलाई विश्राम दिने निर्णय गरेका थिए । १८ बर्षको करियरमा उनी नेपालका लागि सबै भन्दा सफल कप्तान रहेका थिए ।

सन् २००२ मा उमेर समुहबाट क्रिकेट करियर सुरु गरेका पारसले सन् २००४ मा सिनियर टिममा अन्तरमहादेशिय क्रिकेट प्रतियोगितामा मलेसियाविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

सन् २००९ मा विनोद दासको स्थानमा पारसले नेपाली टिमको कप्तानी सम्हालेका थिए । त्यसपछि १० बर्ष नेपाली टिमको कप्तानी गरेका पारसले दुई बर्ष अगाडी कप्तानी पद छोडेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest