पाकिस्तानी अजिजले चितवनबाट इपीएल खेल्ने

पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिगमा चितवन टाईगरबाट खेल्ने भएका छन ।

आगामी असोज ९ देखि २३ सम्म हुने प्रतियोगितामा चितवनले पाकिस्तानी खेलाडी अजिजलाइ भित्र्याएकाे हाे । याे संस्करणकाे इपीएलका लागि बिदेशी खेलाडीका रूपमा चितवनले अजिजलाइ पहिलाे पटक सार्वजनिक गरेकाे छ ।

चितवन टाइगर्सकी संचालन निर्देशकका रुपमा रहेकी विनिताले डानिश अजिजको आगमनले ज्यादै खुसी भएको ब्यक्त गरेकी छिन् ।

यसवर्ष चितवनमा सोमपाल कामी, सन्दीप सुनार, साहब आलम, दीलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भिम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खड्क बोहरा स्वदेशी खेलाडीका रुपमा छन् भने विदेशी खेलाडीको रूपमा पहिलो नामको रूपमा डानिश अजिज भएका छन्।

६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । गत वर्षको विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले पनि यस प्रतियोगितामा सहभागी छन् ।

चितवन टाइगर्स इपिएलमा २०१७ देखि समावेश भएको थियो। २०१७ , २०१८ र २०१९ को संस्करण खेलिसकेको चितवनले भने यस वर्ष आफ्नो पहिलो उपाधिको खोजीमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest