भारत र इंग्ल्याण्डकाे पहिलाे टेष्ट बराबरीमा टुंगियाे

भारत र इंग्ल्याण्डबीचको पहिलो टेस्ट ‘ड्र’ भएको छ । विश्व टेस्ट च्याम्पियनिसप अन्तर्गतको पहिलो टेस्टको अन्तिम दिन वर्षा भिलेन बनेपछि भारत बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

भारतलाई अन्तिम दिन १५७ रन बनाउनुपर्ने थियो । उसका ९ विकेट बाँकी नै थिए । इंग्ल्याण्डले पहिलो पारिमा १८३ रन बनाउँदा भारतले २७८ रन बनाउँदै ९५ रनको अग्रता लिएको थियो ।

दोस्रो पारिमा इंग्ल्याण्डले ३०३ रन बनाएको थियो । त्यसका आधारमा २०८ रनको अग्रता बनाएको इंग्ल्याण्डले २०९ रनको लक्ष्य पछ्याएको थियो ।

चौथो दिनको खेल सकिँदा भारतले ५२ रन बनाउँदा १ विकेट गुमाएको थियो । भारतका केएल राहुल २६ रन बनाएर आउट भएका थिए ।

क्रिजमा रोहित शर्मा १२ र चेतेश्वर पुजारा पनि १२ रनमै नटआउट रहेका थिए । उनीहरुले आज अन्तिम दिनको खेल अघि बढाउने तयारी गरे पनि लगातारको र्बााले सम्भव भएन र खेल बराबरीमा सकिन पुग्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest