ब्रेथवेट र साेयब मलिकले इपीएल खेल्ने

वेष्ट इन्डिजका अलराउण्डर कार्लोस ब्रेथवेट र पाकिस्तानी खेलाडी सोयब मलिकले पनि आसन्न एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन । असोज नौ गतेबाट कीर्तिपुर मैदानमा हुने प्रतियोगितामा टी २० विश्वकप वेष्ट इन्डिजलाई जिताउँदाका नायक ब्रेथवेट र मलिकले सहभागिता जनाउने आयोजकले जनाएका छन ।

सोमबार भएको मुख्य प्रायोजक सम्झौता तथा ट्रफी रिभिल कार्यक्रममा आयोजकले मलिक र ब्रेथवेटले इपीएल खेल्ने सार्वजनिक गरेको हो । तर दुई खेलाडीले कुन टिमबाट खेल्छन भन्ने खुलाइएको छैन ।

यसअघि इपीएलमा अजिज र साहिद अफ्रिदी खेल्ने पक्का भइसकेको छ । अफ्रिदीले काठमाडौं किंग्सबाट र अजिजले चितवनबाट इपीएल खेल्नेछन । आयोजकले यो आसन्न प्रतियोगिताका लागि अझै स्टार विदेशी खेलाडी आउने बताए ।

सन् २०१६ को टी २० विश्वकपमा ब्रेथवेटले अन्तिममा गरेको ब्याटिङका कारण वेष्ट इन्डिजले उपाधि जितेको थियो । विश्वका विभिन्न फ्रेन्चाइजी लिग खेलिसकेका ब्रेथवेट कुन टिमबाट खेल्छन भन्ने चाँडै थाहा हुनेछ ।

यस्तै पाकिस्तानी पूर्व कप्तान मलिकलाई पनि इपीएलको टिमले ल्याउने पक्का भएको छ । उनले खेल्ने टिमपनि चाँडै सार्वजनिक हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest