ओलम्पिकमा क्रिकेट समावेश गर्न आइसीसीको पहल

सन् २०२८ मा लस एञ्जलसमा हुने ओलम्पिकमा क्रिकेटलाई समावेश गर्नका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले प्रक्रिया अगाडी बढाएको छ ।

आइसीसीले सन् २०२८ को ओलम्पिकमा क्रिकेटलाई समावेश गर्नका लागि आफ्नो तर्फबाट प्रक्रिया अगाडी बढाएको जनाएको छ । अमेरिकामा तीन करोड क्रिकेट समर्थक बस्ने गरेको र त्यहि देशबाट ओलम्पिकमा क्रिकेटलाई फर्काउने प्रयास आइसीसीले गरेको छ ।

सन् १९०० मा ओलम्पिकमा क्रिकेट समावेश भएपनि त्यसपछि भने राखिएको छ । करिव एक सय २८ बर्षको अनुपस्थितीपछि पछिल्लो पटक क्रिकेटलाई पनि ओलम्पिकमा समावेशका लागि पहल भएको हो ।

अर्को बर्ष बेलायतमा हुने कमनवेल्थ गेम्समा क्रिकेटलाई राख्ने पक्का भइसकेको छ । त्यो प्रतियोगिताले पनि ओलम्पिकमा क्रिकेट राख्नका लागि प्रभावित गर्ने विश्वास गरिएको छ ।

आइसीसीका प्रमुख ग्रेग र्बाक्लेले ओलम्पिकमा क्रिकेटलाई समावेश गर्नु फाइदाजनक हुने बताएका छन । उनले क्रिकेट दक्षिण एशियाका ९२ प्रतिशत समर्थले फलो गर्ने गरेको र अमेरीकामा पनि ३० मिलियन समर्थक रहेकोले २०२८ को ओलम्पिकमा यो खेललाई राख्न उचित हुने बताए ।

ओलम्पिकमा क्रिकेटलाई राख्नका लागि एक समिती पनि बनाइनेछ । जसको प्रमुख इंग्ल्याण्ड र वेल्सका प्रमुख इयान वाटमोर हुनेछन ।

जसमा आइसीसीका स्वतन्त्र डाइरेक्टर इन्द्र नोई, जिम्बावे क्रिकेटका प्रमुख ताभेग्वा, एसीसीका प्रमुख महिन्दा मालिपुरन र अमेरीकी क्रिकेट संघका प्रमुख पराग माराठी हुनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest