श्रीलंकन क्रिकेटर दिनेश चन्डिमलले एभरेष्ट प्रिमियर लिग खेल्ने

श्रीलंकन क्रिकेटर दिनेश चन्डिमलले एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन । उनी शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट आसन्न इपीएल खेल्न नेपाल आउने भएका हुन ।

भैरहवाले आफ्नो सामाजिक सञ्जालबाट दिनेश इपीएलका लागि आउने बताएको छ ।

सन् २०१४ मा टी २० विश्वकपको उपाधि श्रीलंकाले जित्दा उनी टिमका सदस्य थिए । दिनेशले श्रीलंकाबाट ६२ टेष्ट, एक सय ४९ एकदिवसिय र ५७ टी २० खेल खेलेका छन ।

भैरहवाले आसन्न इपीएलका लागि बलियो टिम बनाउने योजनाका साथ दिनेशलाई टिममा बोलाएको हो ।

शरदको कप्तानीमा रहेको टिमको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायके रहेका छन । यसका साथै अन्य दुई विदेशी खेलाडीलाई पनि ल्याउने योजना बनाएको छ ।

ग्ल्याडियटर्समा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, विकास आग्रीऽ रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा रहेका छन् ।

भैरहवाले यी खेलाडी खेल्न आउने भनेर सोझै नखुलाएपछि टिमले फेसबुक पेजमा राखेको सूचना अनुसार दिनेश नै इपीएल खेल्न आउने पक्का भएको हो ।

श्रीलंकाका लागि उनले टी २० विश्वकपको उपाधि जित्दा कप्तान रहेका दिनेशले २४ बलमा ५२ रन बनाएका थिए । यतिमात्र होइन उनी श्रीलंकाका लागि कप्तानी गर्ने कान्छो खेलाडीपनि हुन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest