इपीएलमा घरेलु खेलाडीको तलब बढ्ने

आसन्न एभरेष्ट प्रिमियर लिग खेल्ने घरेलु खेलाडीले पाउने रकममा बृद्धी गरिएको छ ।

आयोजक एभरेष्ट प्रिमियर लिगले यो प्रतियोगितामा सहभागि हुने सबै नेपाली खेलाडीले पाउने तलवमा २० प्रतिशत रकम बढाएको जनाएको छ ।

कोभिडका कारण खेलाडीले ब्यहोरेको कठिनाईलाई मध्यनजर गरेर आयोजकले तलव बढाएको बताएको छ । सबै टिमका मालिक र लिग ब्यवस्थापनको छलफलपछि यो निर्णय भएको हो ।

चितवन टाइगर्समा मालिक किशोर भट्टराईले बैठकमा खेलाडीको तलव २० प्रतिशत बढाउनका लागि राखेको प्रस्तावमा सबैले सहमति जनाएका हुन ।

फ्रेन्चाइजी लिगमा खेलाडीको यसरी तलव बढाएको पहिलो पटक हो । असोजनमा हुने प्रतियोगिताका लागि यतिबेला विभिन्न टिमले विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ ।

केहि दिन अगाडी काठमाडौं किंग्सले साहिद अफ्रिदी ल्याउने पक्का गरेको छ । भने अर्का पाकिस्तानी खेलाडी अजिजपनि आउने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest