नेपालले पीएनजीसँग २ खेल खेल्ने पक्का

ओमानमा हुने त्रिकोणात्मक एकदिवसिय क्रिकेट सिरिज अगाडी नेपाली क्रिकेट टिमले पपुवा न्युगिनीसँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ ।

नेपाल क्रिकेट संघले नेपाल, अमेरीका र ओमानसँगको सिरिज अगाडी सेप्टेम्बर ५ र ८ मा दुई वटा मैत्रीपुर्ण खेल्ने पक्का गरेको छ ।

यो सिरिजपछि नेपालले आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीका र ओमानसँग सिरिज खेल्नेछ । जुन सेप्टेम्बरको दोस्रो साता हुनेछ ।

पीएनजी टिमपनि टी २० विश्वकपका लागि ओमान आउने भएकाले त्यहि अवसरमा नेपालले एकदिवसिय सिरिज खेल्न लागेको हो । जसमा सेप्टेम्बर ५ मा हुने पहिलो खेल दिउँसो हुनेछ भने सेप्टेम्बर ८ मा हुने दोस्रो खेल डे नाइट हुनेछ ।

ओमान सिरिजका लागि नेपाली टिम अहिले तयारीमा रहेको छ । पीएनजीसँगको सिरिजका कारण नेपाली टिम एक साता अगाडी ओमान जाने भएको छ ।

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुईमा जीत र दुई हार ब्यहोरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest