इंग्ल्याण्डले भारतबाट २७२ रनकाे लक्ष्य

भारतविरुद्धको दोस्रो टेस्टमा इंग्ल्याण्डले २७२ रनको लक्ष्य पाएको छ ।

लर्डसमा दोस्रो पारिमा ८ विकेट गुमाएर भारतले २९८ रनमा पारि समाप्तीको घोषणा गरे पछि घरेलु टोली इंग्ल्याण्डले २७२ रनको लक्ष्य पाएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले ३६४ रन बनाएको थियो ।

पहिलो पारिमा भारतका लागि केएल राहुलले १४२ रन बनाएका थिए । इंग्ल्याण्डका जेम्स एन्डरसनले ५ विकेट लिएका थिए ।

इंग्ल्याण्डले पहिलो पारिमा ३९१ रन बनाएको थियो । पहिलो पारिमा २७ रनको अग्रता लिएका थिए ।

इंग्ल्याण्डका लागि पहिलो पारिमा कप्तान जोए रुटले १८० रनको पारि खेलेका थिए । भारतका लागि मोहम्मद सिराजले पहिलो पारिमा ४ विकेट लिएका थिए ।

दोस्रो पारिमा भारतका लागि अजिंक्या रहानले ६१ रन बनाउँदा मोहम्मद सामीले ५६ रनको पारि खेल्दा चेतेश्वर पुजाराले ४५ रनको योगदान गरेका थिए ।

इंग्ल्याण्डका लागि मार्क वुडले ३ विकेट लिँदा ओले रविन्सन र मोइन अलीले दुई दुई विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest