टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

ओमान र यूएईमा हुने आइसीसी टी २० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार चिरप्रतिद्धन्द्धी भारत र पाकिस्तानले समुह चरणको पहिलो खेलमा नै खेल्ने भएका छन ।

पहिलो चरणका समूह बी का सबै खेल ओमानमा हुने भएका छन् । पहिलो चरणका समूह ए, सूपर १२, सेमिफाइनल र फाइनल यूएईमा हुने छ । सुपर १२ का खेलहरु २३ अक्टोबरबाट दुबई, आबूधाबी र शारजाहमा हुनेछन् ।

सुपर १२ को समुह बी मा भारत र पाकिस्तानले अक्टोबर २४ मा खेल्ने भएका छन । यो खेल दुबईमा हुने भएको छ । कोभिडका कारण सरेको टी २० विश्वकप यूएई र ओमानमा अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुनेछ ।

प्रतियोगिताको पहिलो चरणमा आठ टिमको सहभागिता हुनेछ । जसमा श्रीलंका, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमान र पीएनजी छन । यो टिमबाट शिर्ष चार टिम सुपर १२ मा पुग्नेछन ।

सुपर १२ को समुह ए मा इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेष्टइन्डिजसँगै छनौट भएका आएका दुई टिमले सहभागिता जनाउनेछन । जसमा पहिलो चरणको समुह ए को विजेता र समुह बी को उपविजेता हुनेछन ।

यस्तै समुह बीमा पाकिस्तान र भारतसँगै, अफगानिस्तान, न्युजिल्याण्डछन । यो समुहमा पहिलो चरणको समुह ए को उपविजेता र समुह बी को विजेताले खेल्नेछन ।

इन्डियन प्रिमियर लिग पछि हुने यो प्रतियोगिताका सेमिफाइनल आबुधाबी र दुबईमा हुनेछन । जुन नोभेम्बर १० र ११ मा हुनेछन । फाइनल खेल दुबई क्रिकेट स्टेडियममा नोभेम्बर १४ मा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest